आज विश्व ताल दिवस: जीवनदायिनी तालहरूको संरक्षणमा जोड

Image
Nisarga Hospital

आज विश्वभर विश्व ताल दिवस मनाइँदैछ, जसको मुख्य उद्देश्य तालहरूको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापनको महत्वबारे सचेतना फैलाउनु हो।

CP Hospital Dhangadhi

संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन विश्वका विभिन्न मुलुक सहमत भएका छन्। गत वर्ष महासभामा यस दिवस मनाउने प्रस्ताव पारित भएको थियो। यस अवसरमा अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज, निजी क्षेत्र र शैक्षिक संस्थाहरूलाई तालहरूको जैविक, सामाजिक र आर्थिक महत्वबारे जानकारी दिइन्छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल छन्, जसले विश्वको जमिनको करिब चार प्रतिशत भाग ओगटेका छन्। प्रदूषण, मिथेन उत्सर्जन र बढ्दो तापक्रमका कारण तालहरू सुक्दै गएका छन् र ताजा पानीका स्रोत घटिरहेका छन्।

nawajiwan
Attariya Hospital

तालहरूले मानवका लागि पेयजल आपूर्ति, कृषि र उद्योगमा आवश्यक स्रोत उपलब्ध गराउँछन्। साथै माछा, बोटबिरुवा र वन्यजन्तुहरूको जीवन निर्वाहमा पनि यी तालहरूको महत्त्व अपूरणीय छ।

विश्व ताल दिवसले यी स्रोतको संरक्षण र दिगोपनतर्फ ध्यान आकर्षित गर्दै वातावरणीय सन्तुलन कायम राख्नुपर्ने आवश्यकता पुनः स्मरण गराउँछ।