कञ्चनपुरमा निर्माणाधीन ७५ फिटको ‘नेपाल आमा’ मूर्ति बजेट अभावमा अलपत्र

Image
Nisarga Hospital

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित भम्केनी धाममा निर्माण भइरहेको ७५ फिट अग्लो नेपाल आमा मूर्ति बजेट अभावका कारण अलपत्र परेको छ।

CP Hospital Dhangadhi

जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि मूर्ति निर्माणको सुरुवात गरेका थिए। मूर्ति निर्माणका लागि धातु र नगद दान संकलन भए पनि राज्यस्तरबाट सहयोग नपाउँदा काम पूरा हुन सकेको छैन। देवाचार्यका अनुसार, “प्रदेश सरकारका मुख्यमन्त्री लगायत अधिकांश नेतालाई भेटेर रु तीन करोड विनियोजनको आग्रह गरेको थिएँ, तर सहयोग प्राप्त भएको छैन।”

२०७४ सालमा भ्याली कन्स्ट्रक्सनलाई १० करोड ८१ लाखमा ठेक्का दिइएको मूर्ति निर्माण कार्यमा २२ टन तामा र पित्तल संकलन गरिएको थियो। स्थानीयबाट थप तीन टन धातु दान भएको थियो।

nawajiwan
Attariya Hospital

मूर्तिको निर्माणसँगै भम्केनी धामको महत्व बढेको छ। धार्मिक पर्यटक र भक्तजनहरू पनि यहाँ बढी आउने गरेका छन्। स्थानीय मोहनदेव जोशीले भने, “जगतगुरु यहाँ आएपछि क्षेत्र चर्चामा आएको छ, झापादेखि मानिसहरू आउने गरेका छन्।”

भम्केनी धाम क्षेत्रको ऐतिहासिक महत्व पनि रहेको बताइन्छ। पाण्डवहरूले वनवासको समयमा यहाँ वास गरेको किंवदन्ती रहेको र क्षेत्रको नाम ‘भम्का’ पानी फुट्ने स्थानबाट आएको विश्वास गरिन्छ। सुदूरपश्चिमका नौवटै जिल्लाबाट धाममा फरक–फरक कुण्ड निर्माण गरिएको छ।

Advertize US