शिगास मावि बुढाकोटमा तीजको अवसरमा देउडा कार्यक्रमको आयोजना हुने

Image
Nisarga Hospital

बैतडी – सिगास गाउँपालिकाको मौलिक सांस्कृतिक धरोहर देउडालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सिगास गाउँपालिका – ३ स्थित सिगास माध्यमिक विद्यालयको प्राङ्गणमा तीज विशेष देउडा कार्यक्रमको आयोजना हुने भएको छ । सांस्कृतिक कार्यक्रममा सम्पूर्ण देउडा प्रेमी, स्थानीय बासिन्दा र संस्कृति पारखीहरूलाई उपस्थितिमा सो कार्यक्रमको आयोजना हुन लागेको हो ‌।

CP Hospital Dhangadhi

उक्त कार्यक्रम भोलि बिहान ११ बजे देखि सुरु हुने जनाइएको छ। स्थानीय समाजसेवी, बुद्दिजिबी जनसमुदायको संयोजनमा आयोजना हुने यस विशेष देउडा कार्यक्रमले तीजको अवसरलाई थप सांस्कृतिक र मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ । आयोजकका अनुसार, यो देउडा कार्यक्रम केवल मनोरञ्जनको माध्यम मात्र नभई, मौलिक पहिचान, सामाजिक सद्भाव, र सामूहिक एकताको प्रतीकको रूपमा प्रस्तुत गरिनेछ जनाइएको छ । महिलाहरूको पर्व तीजको अवसरमा आयोजना गरिने यो कार्यक्रमले विशेषतः महिला सहभागितालाई प्रोत्साहन गर्दै, देउडाको भावनात्मक गहिराइलाई उजागर गर्ने बताइएको छ ।

यस सांस्कृतिक जमघटमा स्थानीय तथा विशिष्ट व्यक्तित्वहरूले देउडा प्रस्तुत गर्नेछन् ‌ । कार्यक्रममा सिगास गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष अमर सिंह धामी , वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष शेर सिंह साउद, भुवनेश्वरी मावि खैरकोटका शिक्षक रघुबिर सिंह धामी, शिव मावि गढतोलाका शिक्षक वीर बहादुर बोहरा , स्थानीय देउडिया लिला धामी, जुन विक, कलशा साउद, हर्का विक लगायत स्थानीय चर्चित देउडिया कलाकारहरूको बेजोड प्रस्तुति रहने शिगास माविका शिक्षक सुन्दर धामीले जानकारी दिनुभयो ‌।

nawajiwan
Attariya Hospital

भोलि प्रस्तुत हुने मौलिक देउडा गीतहरूमा सामाजिक सन्देश, हास्यव्यङ्ग्य, प्रेम, पीडा र परम्परागत सौन्दर्यको समिश्रण रहने आयोजकको भनाइ छ । सिगासको समृद्ध सांस्कृतिक इतिहासलाई पछिल्ला पुस्तासम्म निरन्तरता दिन यस्ता कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण हुने विश्वास गरिएको छ । साथै गाउँ–घरमै मौलिक सिर्जनालाई मञ्चमा ल्याउने प्रयासले समुदायमा सांस्कृतिक चेतना बढाउने र नयाँ पुस्तामा देउडाको महत्व बुझाउने आशा गरिएको छ ।

साथै आयोजकको तर्फबाट सम्पूर्ण देउडा प्रेमी, स्थानीय बासिन्दा, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सांस्कृतिक अभियन्तालाई कार्यक्रममा सहभागी भई देउडा संस्कृति जगेर्नामा योगदान पुर्‍याउन अनुरोध गरिएको छ ‌ । साथै, आयोजक हिन्दूहरूको महान पर्व तीजको अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरेको छ।

Advertize US