देशभर मनसुन सक्रिय : सुदूरपश्चिम सहित यी ३ प्रदेशमा भारी वर्षाको उच्च सम्भावना

Image
Nisarga Hospital

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेसँगै बिहीबार बिहानैदेखि देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

पछिल्लो एक घण्टामा मात्रै चितवनको काली खोलामा २५ मिलिमिटर, बर्दियाको स्यानो श्री चेपाङमा २०.६ मिलिमिटर, बाराको सिमरामा १४.४ मिलिमिटर र काभ्रेपलाञ्चोकको नालमा १०.२ मिलिमिटर वर्षा मापन गरिएको छ। अन्य स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Attariya Hospital

महाशाखाका अनुसार दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने देखिन्छ। यी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र लुम्बिनी प्रदेशको तराइ, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना प्रबल छ।

nawajiwan

बिहीबार राति पनि देशभर सामान्यतया बदली रहने अनुमान छ। देशका पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यससँगै गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनी र कोशी प्रदेशका तराइका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।