डडेल्धुरामा जिप दु*र्घटना: चार जनाको ज्यान गयो , घाइतेको उद्धार कार्य जारी

Image
Nisarga Hospital

डडेल्धुराको नवदुर्गा गाउँपालिका–५, चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार जिप ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आइरहेको अवस्थामा करिब पाँच सय मिटर तल जंगलमा खसेको हो।

CP Hospital Dhangadhi

घटनास्थलमा प्रहरी टोली पुगेको छ र अहिलेसम्म मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। कम्तीमा चार जना घाइते भएका छन् र उद्धार कार्य जारी छ। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। प्रहरी निरीक्षक विष्टका अनुसार दुर्घटना करिब सवा नौ बजेतिर भएको अनुमान गरिएको छ।

Dhnagadhi & Krishanapur