
अत्तरियाः कैलालीको अत्तरिया हस्पिटल प्रा.लि. र NIC ASIA बैंकबीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ। सम्झौतापछि बैंकका ग्राहकहरूले अस्पतालका विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट पाउने भएका छन्।

हस्पिटलका प्रशासन प्रमुख डिल्लीराज पाठकका अनुसार प्रयोगशाला (Lab), बेड चार्ज (General, ICU, NICU & Cabin), TMT/ABP/HOLTER लगायत सेवामा अधिकतम २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यस्तै ECHO र Endoscopy मा १५ प्रतिशत, CT Scan र OT सेवामा १० प्रतिशत, फार्मेसीमा ७.५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

वरिष्ठ नागरिक र अन्य नियमित OPD सेवाग्राहीहरूले भने आइतबारदेखि शुक्रबारसम्म ५० प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौताका कारण अब NIC ASIA बैंकका कार्ड वा खाता प्रयोगकर्ताहरूलाई उपचार खर्चमा उल्लेखनीय सहुलियत हुने अत्तरिया हस्पिटलले जनाएको छ।
































