कैलालीको खुटिया नदीमा डुबेर तीन किशोरको ज्यान गयो, एक बे!पत्ता

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–९, शेहरीस्थित खुटिया नदीमा डुबेर तीन जना किशोरको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेका छन्।

CP Hospital Dhangadhi

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएस्पी रणबहादुर चन्दका अनुसार नदीमा डुबेका चार जनामध्ये तीन जनाको शव फेला परेको छ भने एकको खोजी कार्य जारी छ।

Attariya Hospital

स्थानीय १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जानेस भण्डारी, १६ वर्षीय सक्षम भण्डारी र १५ वर्षीय प्रतिक चौधरी पौडी खेल्ने क्रममा डुबेका थिए। सात जना नदीमा नुहाउन गएका मध्ये चार जना बेपत्ता भएका थिए।

nawajiwan

हालसम्म तीन जनाको शव फेला परेको छ भने बेपत्ता एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Advertize US