सुदूरपश्चिमको आशा : चुनौती पार गर्दै बयालपाटा अस्पताल नयाँ यात्रातर्फ

Image
CP Hospital Dhangadhi

अछामः अछामको सान्फेबगरमा रहेको बयालपाटा अस्पताल दुर्गम तथा विपन्न समुदायका लागि जीवनरक्षक स्वास्थ्य संस्थान बनेको छ। जनशक्ति अभाव, आर्थिक संकट र लजिस्टिक समस्याका बाबजुद यो अस्पतालले गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा निरन्तरता दिँदै आएको छ। हालै सुदूरपश्चिम प्रदेश सरकारले यसलाई आफ्नो स्वामित्वमा लिएपछि नयाँ सम्भावनाको ढोका खुलेको छ।

सन् २००९ मा न्याया हेल्थ नेपाल र नेपाल सरकारको साझेदारीमा स्थापना भएको बयालपाटा अस्पताल वातावरणमैत्री भवनका लागि अन्तर्राष्ट्रिय स्तरमै चर्चित छ। ७.५ एकड क्षेत्रमा फैलिएको यो अस्पताल सौर्य ऊर्जा, जलवायु नियन्त्रण प्रणालीसहितको अत्याधुनिक संरचना हो। वार्षिक १ लाखभन्दा बढी बिरामी उपचार गर्ने यस अस्पतालले १३ लाखभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिसकेको छ। निःशुल्क सेवामा सिजरियन सेक्सन, आकस्मिक शल्यक्रिया, हाडजोर्नी उपचार, मानसिक स्वास्थ्य, प्रसूति, प्रयोगशाला, एक्स–रे र अल्ट्रासाउन्ड प्रमुख छन्।

nawajiwan
Attariya Hospital

चुनौतीबीच दातृ सहयोग घट्दा केही सेवा बन्द गर्नुपरेको थियो। तर, प्रादेशिक स्वामित्वमा आएपछि डा. जगदिश जोशीको नेतृत्वमा सिजरियन, शल्यक्रिया र मानसिक स्वास्थ्यजस्ता सेवा पुनः सुचारु भएका छन्। सामुदायिक स्वास्थ्य कार्यक्रममार्फत १ लाख २० हजारभन्दा बढी घरधुरीलाई प्रत्यक्ष लाभ मिलेको छ।

प्रदेश सरकारले जनशक्ति, औषधि आपूर्ति र पूर्वाधार विस्तारमा लगानी गर्ने तयारी गरेको छ। यसले बयालपाटालाई सुदूरपश्चिमको स्वास्थ्य सेवाको मेरुदण्डमा परिणत गर्ने अपेक्षा गरिएको छ।