आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस : शान्ति र उन्मूलनको सन्देश

Image
Nisarga Hospital

सन् २०१० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष अगस्ट २९ मा आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै आएको छ। यस दिवसले विश्व समुदायलाई आणविक हतियारको पूर्ण उन्मूलनका लागि एकजुट गराउने उद्देश्य राख्छ।

CP Hospital Dhangadhi

आणविक हातहतियारले निम्त्याउने विनाशकारी प्रभावका बारेमा जनचेतना बढाउन विश्वभर विभिन्न गतिविधि, सम्मेलन, र सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्ने गरिन्छ।

Attariya Hospital

यस अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन्देश दिँदै, “आणविक परीक्षणको ८० औँ वार्षिकोत्सवमा विगतमा भएका दुई हजारभन्दा बढी परीक्षणलाई बिर्सन नहुने र अब उप्रान्त यस्तो विनाशकारी गतिविधि दोहोर्याउन नदिने प्रण गर्नुपर्छ,” बताएका छन्।

nawajiwan