
बैतडी — बैतडी जिल्लाका चार वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका र पुर्चौडी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न मन्त्रालयले सरुवा तथा खटाएको हो ।

दशरथचन्द नगरपालिकामा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत रहेका उपसचिव केशवराज सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको छ । यस्तै पाटन नगरपालिकामा पनि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत रहेका उपसचिव टेकराज अर्याललाई खटाइएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको मेलौली नगरपालिकामा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालय अन्तर्गत कार्यरत सह–सचिव मंगलबहादुर शाहीलाई खटाइएको मन्त्रालयको सूचनामा उल्लेख छ।

यसैगरी, पुर्चौडी नगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव सरोजकुमार पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

यससँगै बैतडीका चारै नगरपालिकामा नयाँ प्रशासकीय नेतृत्व कार्यभार सम्हाल्ने भएका छन् ।
हेर्नुहोस् सूची सहित:


















