आन्द्राको क्यान्सरबाट बैतडीको सिगासकी राजमती धामी जीवन र मृत्युको दोसाँधमा, सहयोगको अपिल

Image
Nisarga Hospital

बैतडी – बैतडीको सिगास गाउँपालिका–३ चमडेखर्ककी ५५ वर्षीया राजमति धामी विगत एक वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित हुदै मर्नु कि बाँच्नुको दोसाँधमा पुगेकी छन् । जीवनको उत्तरार्धमा पुग्दा पनि विगत लामो समयदेखि रोगसँग जुझिरहनु परेको उहाँको पारिवारिक स्रोतले जनाएको छ ‌।

CP Hospital Dhangadhi

राजमति धामीका श्रीमान् प्रयाग सिंह धामीका अनुसार, शुरुमा सामान्य स्वास्थ्यमा समस्या देखिए पनि विभिन्न अस्पतालमा परीक्षण गर्दा क्यान्सर भएको पत्ता लागेको हो । त्यसयता डडेल्धुरा, धनगढी, बाँके र नेपालगञ्जका अस्पतालमा उपचार भइरह्यो। सघन औषधि सेवन, नियमित जाँच र अब आवश्यक अपरेसनले उपचारको खर्च झनै बढेको छ।

अब अवस्था गम्भीर छ। चिकित्सकहरूले थप ढिला नगरी अपरेसन गर्न सुझाव दिएका छन् । तर, अहिले परिवारसँग त्यसका लागि आवश्यक रकम जुटाउन सक्ने अवस्था छैन।

nawajiwan

धामी परिवारको स्थायी आम्दानीको स्रोत छैन । अहिलेसम्म उपचारमा करिब १० लाख रुपैयाँ खर्च भइसकेको छ, जसका लागि परिवारले खेतबारीसमेत बिक्री गरिसकेको छ । अब सम्पत्तिको सबै विकल्प समाप्त भएपछि उनीहरू सहयोगको अपिल गर्न बाध्य भएका छन् ।

Attariya Hospital

“जीवन त हैन, एउटा सासको पनि मूल्य छ । अब सहयोग बिना यो उपचार अगाडि बढाउन सक्दैनौं,” धामी भावुक हुँदै भन्नुहुन्छ सबै मनकारी सहयाेगी मनका धनिहरुमा सहयोग गरौँ, मेरो श्रीमतीको जीवन जोगाऔँ ।

राजमति धामीलाई तपाईंको सानो सहयोगले पनि जीवनदान दिन सक्छ। यस अप्ठ्यारो घडीमा इष्टमित्र, समाजसेवी, संघसंस्था र सबै दयालु मनहरूबाट सहयोगको अपेक्षा गरिएको छ । सहयोग गर्न चाहनुहुने महानुभावहरूले तलका माध्यमबाट सिधै सम्पर्क र आर्थिक सहयोग गर्न सक्नुहुन्छ ।

सम्पर्क मोबाइल नम्बर: 9868529692 (Esewa)
खाता नम्बर:- 01907010018614
बैंकको नाम: ग्लोबल आईएमई बैंक
खाता वालाको नाम: RAJENDRA SINGH SAUD