डडेल्धुरामा जिप दुर्घटना अपडेट: मृतकको संख्या पाँच पुग्यो

Image
Nisarga Hospital

डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घटनास्थलमा चारजनाको ज्यान गएको थियो भने गम्भीर घाइते ४२ वर्षीय गणेशबहादुर साउँद धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा निधन भएका छन्।

CP Hospital Dhangadhi

घाइतेमध्ये तीन जनाको धनगढी अस्पतालमा उपचार भइरहेको छ भने जिप चालक रामबहादुर साउँदलाई थप उपचारका लागि भारत लगिएको छ। सात वर्षीया सुस्मिता पार्की डडेल्धुरा अस्पतालमा उपचाररत छिन्।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

nawajiwan