अछाममा छाउपडी गोठमा त्रिपाल टागेर सुतेको समयमा ढुङ्गा खस्दा आमा – छोरीको ज्यान गयो !

Image
Nisarga Hospital

अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा खेतबारीमा त्रिपाल टागेर सुतिरहेका बेला ढुङ्गा खस्दा दुई जनाको मृत्यु भएको छ। मृतकमा ७ वर्षीय बालिका कविता भण्डारी र ३५ वर्षीय निम खनाल रहेका छन्। दुवैको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

साथै, बालिकाकी आमा ३६ वर्षीय रत्ना भण्डारी गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको छ।

Attariya Hospital

वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार मृतकहरू महिनावारीको पाँचौँ दिन घर नजिकै त्रिपाल मुनी सुतेका थिए। बालिका आमासँगै सुतिरहेकी थिइन्। मृतकहरू माइतीघरबाट छाउ भएर फर्किएका थिए।

nawajiwan

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।