
डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा बिहीवार बिहान भएको जिप दुर्घटनामा परी ४ जना घटना स्थलमै ज्यान गएको थियो भने भने ५ जना घाइते भएका थिए। उनीहरूमध्ये ४७ वर्षीय गणेश साउदको डडेल्धुराबाट धनगढी ल्याउने क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचाररत अन्य तीन घाइतेहरू आईसीयूमा छन्। उनीहरू हुन्:

-
सुशीला विक, १६ वर्षीया महिला – टाउकोमा चोट, आईसीयू भेन्टिलेटरमा उपचार
-
चन्द्र सिहँ साउद, ४८ वर्षीया पुरुष – दुबै खुट्टामा तीन ठाउँमा फ्र्याक्चर, सामान्य टाउको चोट, आईसीयूमा उपचार
-
प्रकाश विक, ३८ वर्ष – टाउको र मेरुदण्डमा चोट, हातमा सामान्य चोट, आईसीयूमा उपचार

अस्पतालका पिआर म्यानेजर जगत महताका अनुसार घाइतेहरूको स्वास्थ्य अवस्था गम्भीर छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ।
































