
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–१, शान्तिटोल निवासी १५ वर्षीया अस्मिता साउँद भाद्र १३ गते दिउँसो १२ बजे तिर अत्तरिया बजारतर्फ गएकी तर घर फर्किन नसकेपछि हराएको परिवारले जानकारी दिएको छ।

परिवारका अनुसार अस्मिता बिहीबार दिउँसो “बजार जान्छु” भन्दै घरबाट निस्केकी थिइन्। उनी श्रीदुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा कक्षा १० मा अध्ययनरत छिन्।

किशोरीको मामाका अनुसार आवश्यक विवरणसहित निवेदन इलाका प्रहरी कार्यालय मालाखेतीमा दिइएको छ। साथै, खोजतलासमा सहयोग पुगोस् भनेर परिवारले अस्मिताको सम्पर्क नम्बर ९८४५८०८८६० सार्वजनिक गरेको छ।

हराएकी अस्मितालाई भेट्ने वा कुनै जानकारी प्राप्त हुने व्यक्तिलाई नजिकैको प्रहरी कार्यालय वा फोन नम्बर ९८४८४१९८४६ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।

















