
भारतको उत्तराखण्डमा बिहीबारदेखि लगातार मुसलधारे वर्षा भएपछि रुद्रप्रयाग जिल्लाको पूर्वी बांगर क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ। विशेषगरी छेनागाड गाउँमा पहिरो र बाढीले ठूलो क्षति पुर्याएको छ।

शुक्रबार बिहानै पहाडबाट लेदोसहित आएको बाढीले १५ भन्दा बढी घर र पसल बगाएको छ। घटनामा कम्तीमा ८ जना बेपत्ता भएका छन्, जसमा चार जना नेपाली र एक वनकर्मी रहेका छन्।

प्राकृतिक विपत्तिका कारण सडक र पैदलमार्ग समेत क्षतिग्रस्त भएकोले उद्धारकार्य गर्न उद्धारकर्मीहरू निकै कठिनाइ भोगिरहेका छन्।

स्थानीय प्रशासनका अनुसार क्षतिको पूर्ण विवरण अझै संकलन हुँदैछ।

















