अछामका ४ हजार परिवारका लागि बोलन्या थलीको माइतीघरमा ‘लालटिन आन्दोलन’

Image
Nisarga Hospital

अछामका करिब चार हजार घरपरिवार अझै अन्धकारमै बस्न बाध्य भएकाले बोलन्या थलीले शुक्रवार माइतीघर मण्डलामा लालटिन बालेर विरोध प्रदर्शन गरेको छ।

CP Hospital Dhangadhi

थलीका संयोजक यादव जोशीका अनुसार तुर्माखाँद, ढकारी, कमलबजार क्षेत्रका बासिन्दाले विद्युत सेवा प्राप्त गर्नुपर्ने माग गर्दै उनीहरूले सरकार र सम्बन्धित प्राधिकरणप्रति असन्तोष व्यक्त गरेका हुन्।

Attariya Hospital

जोशी डडेल्धुराका विभिन्न विकास तथा सामाजिक अभियानका नेता समेत हुन्। उनले पश्चिम सेती जलविद्युत्, पुइलेक विमानस्थल निर्माण, सडक स्तरोन्नति, कोरोना सुरक्षा र सांस्कृतिक प्रवर्धनका लागि धेरै अभियान सञ्चालन गरेका छन्।

nawajiwan