८ वर्षमा ५ किलोमिटर मात्रै कालोपत्र, कञ्चनपुर–डडेल्धुरा सडक अधुरो

Image
Nisarga Hospital

कञ्चनपुर र डडेल्धुरालाई जोड्ने दैजी–जोगबुढा सडक आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्र भएको छ।

CP Hospital Dhangadhi

कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीदेखि डडेल्धुराको सिमाना लिप्नासम्म १२ किलोमिटर सडक निर्माणका लागि २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो। ठेक्का अनुसार २०७६ साउन ५ गते सडक पूरा हुनु पर्ने भए पनि अहिलेसम्म निर्माण अधुरो छ।

Attariya Hospital

पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणराज जोशीका अनुसार अहिलेसम्म पाँच पटक म्याद थप भए पनि पाँच किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ। बाँकी सात किलोमिटर निर्माणको काम बाँकी छ। निर्माण व्यवसायीले हालसम्म १८ करोड ३६ लाख भुक्तानी पाइसकेका छन् भने दुई करोड ९० लाख मात्रै बाँकी छ।

nawajiwan

सडक अधुरो हुँदा स्थानीयले १५० किलोमिटर घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्। यो सडक डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लालाई कञ्चनपुरसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गको रूपमा पनि मानिन्छ। स्थानीय केशव बोहराले भने, “सडक नहुँदा हिउँदमा धुलाम्य र वर्षामा जोखिमपूर्ण यात्रा गर्नुपर्दछ।”