
धनगढी: धनगढी–३ संगम टोलस्थित सि.पि. अस्पताल र धनगढी क्रिकेट एकेडेमीबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएको छ।

शनिबार अस्पताल प्रशासन प्रमुख हेमराज जोशी र एकेडेमीका म्यानेजर सन्दिप भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार खेलाडी, कर्मचारी तथा पदाधिकारीहरूले अस्पतालमा उपचार गर्दा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।

फार्मेसीमा न्यूनतम ५ प्रतिशतदेखि ओपीडी र सामान्य बेड भर्नासम्म २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

साथै, नव–निर्मित भवनमार्फत सि.पि. अस्पतालले आइसियु, एनआइसियु, आधुनिक सिटी स्क्यान, इन्डोस्कोपी, अत्याधुनिक शल्यक्रिया, २४ घण्टा आपतकालीन सेवा र नियमित ओपीडीसहित सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ।































