उत्तरी यमनमा अमेरिका र इजरायलको हवाई आक्रमणमा परी : छ महिनामा ७७६ को ज्यान गयो !

Image
JPG converted with https://ezgif.com/webp-to-jpg
Nisarga Hospital

सन् २०२५ को पहिलो छ महिनामा उत्तरी यमनमा अमेरिकी र इजरायली हवाई आक्रमणमा परी ७७६ जनाको मृत्यु भएको हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टिभीले जनाएको छ।

CP Hospital Dhangadhi

राजधानी साना, होदेइदा, सादा र अम्रान प्रान्तमा बढी महिला र बालबालिकाको मृत्यु भएको बताइएको छ। गत अप्रिलमा सादा प्रान्तस्थित आप्रवासी हिरासत केन्द्रमा मात्र ७० इथियोपियाली आप्रवासी मारिएका थिए।

Attariya Hospital

हवाई आक्रमणले विमानस्थल, बन्दरगाह, इन्धन स्टेसन र कारखानालाई निशाना बनाएको जनाइएको छ। तथापि, मारिएका र घाइतेबारेको तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

nawajiwan

यसैबीच, गाजामा जारी युद्धबीच हुथी विद्रोहीले इजरायललाई क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएका छन् भने इजरायलले सानामा हालै दुई चरणको हवाई आक्रमण गरी १० सर्वसाधारणको मृत्यु र ९२ घाइते भएको दाबी गरेको छ।

Advertize US