अत्तरियामा प्रतिभा पुस्तकालय दिवसमा डेउडा कार्यक्रम

Image
Nisarga Hospital

अत्तरियाः १८ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा कैलालीको अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयले शनिबार पुस्तकालय परिसरमा विशेष डेउडा कार्यक्रमको आयोजना गरेको छ।

CP Hospital Dhangadhi

Attariya Hospital

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको मुख्य प्रवर्द्धनमा आयोजित कार्यक्रममा डेउडा गायक दिर्घराज फुलारा र गायिका ममता धामीले उपस्थित सहभागीहरूलाई डेउडामा रमाए।

nawajiwan

कार्यक्रम पुस्तकालय अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी प्रमुख अतिथि रहेका थिए। उनले सुदूरपश्चिमको सांस्कृतिक पहिचानको संरक्षण सबैको दायित्व भएको बताए।

Advertize US