सुदूरपश्चिममा गौरापर्वको मुख्य दिन: अठ्यावालीमा धार्मिक र सांस्कृतिक उत्सव

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा आज गौरापर्वको मुख्य दिन, दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ। हिजो साँझ गौराघरमा भित्र्याइएको गौरालाई आज बर्तालु महिलाले गौराखलामा लगेर पूजा गर्ने चलन छ। महिलाहरू दिनभरि बिरुडासहित गौरादेवीको पूजा गर्छन् र हिजो चढाइएको अभिमन्त्रित दुबधागो धारण गर्छन्।

CP Hospital Dhangadhi

गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लगिन्छ र महिलाहरू सामूहिक रूपमा अठ्यावाली गाउँदै पूजा गर्छन्। पूजा क्रममा गौराको उत्पत्ति र महेश्वरसँगको विवाहको प्रसङ्ग फागमार्फत सुनाइन्छ। प्रमुख प्रसादको रूपमा बिरुडाले श्रीमान्, छोराछोरी र आफन्तजनको दीर्घायुको कामना गर्दै टाउको पुजिन्छ। पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीजस्ता ऐतिहासिक खेलहरू खेल्छन्।

Attariya Hospital

महिलाहरूले आफ्नो सौभाग्य, समृद्धि र परिवारको सुख-शान्तिका लागि व्रत बसेर पूजा गर्ने प्रचलन छ। सुदूरपश्चिमेलीहरूले यस पर्वलाई दसैँभन्दा बढी महत्वका साथ मनाउने गरेका छन्। परदेशमा रहेका धेरैले पनि पर्वमा घर फर्कन्छन्, र विवाहित छोरीहरू माइत आउँछन्। पर्वका अवसरमा प्रदेशमा आइतवार र सोमबार सार्वजनिक बिदा समेत राखिएको छ।

nawajiwan
Advertize US