प्रतिभा पुस्तकालयद्वारा १८औँ राष्ट्रिय पुस्तकालय दिवसमा देउडा र सम्मान कार्यक्रम

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयले १८औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा देउडा, पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।

CP Hospital Dhangadhi

आइतबार भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको छ। देउडा गायक दिर्घराज फुलारा, गायिका ममता धामी, गायक केशवराज फुलारा, अधिकारकर्मी यज्ञराज चौधरी, ज्योतिष खगेन्द्र अवस्थी, नियमित पाठक भोजराज भट्ट, डम्बरराज जोशी र पत्रकार गोविन्द रोस्यारा सम्मानित भएका छन्।

nawajiwan

यस्तै, गणेश शारदा स्मृति लोक साहित्य पुरस्कार लोक गायिका पुर्णिमा ठगुन्नालाई र मुडभरी साहित्य पुरस्कार छन्द कवि हिरा भट्ट ‘बदमास न दुई’ लाई प्रदान गरिएको छ।

Attariya Hospital

कार्यक्रम प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथि सुदूरपश्चिम प्राज्ञ प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी रहेका थिए। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

स्थानीयको सक्रियतामा स्थापित प्रतिभा पुस्तकालय २०५६ सालदेखि निरन्तर क्रियाशील छ।