कैलालीको गेटाबाट सत्याग्रहमा डा. गोविन्द केसी, अस्पताललाई पूर्ण अस्पताल सेवा र शैक्षिक कार्यक्रम तुरुन्त सञ्चालनको माग

Image
oplus_0
Nisarga Hospital

अत्तरियाः चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी पुनः सत्याग्रहमा उत्रिएका छन्। सरकारले निजी मेडिकल कलेजलाई सिट वृद्धि दिने निर्णय गरेको विरोधमा उनले आइतबार (भदौ १५) देखि तीन दिने सत्याग्रह सुरु गरेका हुन्।

CP Hospital Dhangadhi

कैलालीको गेटा अस्पताल परिसरमा पत्रकार सम्मेलनमार्फत विज्ञप्ति जारी गर्दै डा. केसीले सरकार र सम्बन्धित निकायलाई कठोर शब्दमा चेतावनी दिएका छन्। उनका अनुसार शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर कायम गर्नुपर्ने ठाउँमा सरकार उल्टै माफियाको प्रभावमा परेर निजी कलेजलाई फाइदा पु¥याउने निर्णय गर्दै भ्रष्टाचारलाई प्रश्रय दिइरहेको छ।

nawajiwan

“प्रधानमन्त्री केपी शर्मा ओली नजिकका माफियाको दबाबमा सरकारले शिक्षा र स्वास्थ्यको मर्मविपरीत निर्णय गरेको छ,“ विज्ञप्तिमा उल्लेख छ। उनले निजी मेडिकल कलेजले विगतदेखि नै महँगो शुल्क असुल्दै आएको र सिट वृद्धि भएपछि गुणस्तर खस्किने, स्वास्थ्य सेवा झन् महँगो र असमान हुने दाबी गरेका छन्।

oplus_0
Attariya Hospital

डा. केसीले सरकारी स्वास्थ्य संस्थामा आवश्यकताअनुसार पर्याप्त डाक्टर, जनशक्ति र स्रोत साधन नभएको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा हजारौं नागरिक उपचार नपाएर मर्न बाध्य भएको तथ्य उठाए। यद्यपि, सरकारले निजी मेडिकल कलेजलाई छुट दिँदा सर्वसाधारणको स्वास्थ्य अधिकारमाथि प्रत्यक्ष प्रहार भएको उनको भनाइ छ।

उनले विगतमा भएका सम्झौता कार्यान्वयन नगरेसम्म र माफियाकरण अन्त्य नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए। यसअघि पनि उनका अनशन र सत्याग्रहकै दबाबमा सरकारले चिकित्सा शिक्षा ऐन ल्याउने, शुल्क निर्धारण गर्ने र सिट व्यवस्थापनजस्ता निर्णय गर्नुपरेको थियो। तर, हालको निर्णयले फेरि शिक्षा–स्वास्थ्यलाई संकटमा पार्ने उनको आरोप छ।

गेटा अस्पताललाई सत्याग्रह स्थल रोज्दै उनले शैक्षिक कार्यक्रम र अस्पताललाई २०८४ भित्रै सञ्चालन गर्नुपर्ने माग राखेका छन्। साथै, इलाम, उदयपुर, डडेलधुरा र कैलालीको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउनुपर्ने जोड दिएका छन्।

यही क्रममा उनले भारतसँग लिपुलेक हुँदै व्यापार गर्ने सहमतिलाई सीमा मिचाइ भन्दै विरोध गरेका छन्। साथै, रुसको युक्रेनमाथि र इजरायलको गाजामाथि भएको आक्रमणलाई मानवताविरोधी अपराध भन्दै तत्काल रोक्नुपर्ने माग पनि राखेका छन्।डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नेताको स्वार्थ र माफियाको दबाबमा बलि चढाउन नहुने भन्दै आम नागरिकको हकहितका लागि सत्याग्रह गर्न बाध्य भएको स्पष्ट पारेका छन्।