कैलाली प्रहरीको कमान्ड एसपी नरेन्द्र चन्दको हातमा

Image
Nisarga Hospital

अत्तरियाः जिल्ला प्रहरी कार्यालय कैलालीको कमान्ड अब प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले सम्हालेका छन्।

CP Hospital Dhangadhi

आइतबार कैलाली आइपुगेका चन्दलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहसहित अन्य प्रहरी कर्मचारीले स्वागत गरेका थिए। स्वागतपछि उनले कार्यालयमा हाजिर हुँदै आजैदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

Attariya Hospital

हालै कैलाली कारागारमा देखिएको सुरक्षा कमजोरीका कारण तत्कालीन एसपी बाल नरसिंह राणालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको थियो। त्यसपछि चन्दलाई नयाँ जिम्मेवारी दिइएको हो।

nawajiwan