खप्तडमा पर्यटक बसाइ–खानाको कुनै समस्या हुदैन, होटल व्यवसायी रावल

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/ बझाङः  सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा पर्यटक बसाई र खानको समस्या अब छैन। यहाँ होटल सञ्चालन गरिरहेका लोक बहादुर रावलले पर्यटकहरूको लागि पर्याप्त सुविधा उपलब्ध रहेको जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

केही वर्षअघि पानी, उज्यालो र टेलिफोन समस्या भएको खप्तडमा अहिले यी सबै समस्याको समाधान भइसकेको छ। हाल दुई गेस्टहाउसमा करिब ५० जना पर्यटक बस्न सक्ने क्षमता रहेको रावलले बताए। खाना खुवाउने विषयमा पनि स्थानीय उत्पादन प्रयोग गर्दै पर्यटकको रुचि अनुसार सेवा प्रदान गरिरहेको उनले बताए।

Attariya Hospital

खप्तड पर्यटन व्यवस्थापन समिति द्वारा तालिम प्राप्त रावलले होटलमा मोबाइल चार्ज, स्थानीय परिकार र स्वच्छ वातावरणको व्यवस्था गरेका छन्। साथै, आगामी समयमा नयाँ सुविधा सम्पन्न गेस्टहाउस बन्ने भएकाले पर्यटकहरूलाई अझ बढी सुविधा उपलब्ध हुने कार्यकारी निर्देशक खेम जोशीले जानकारी दिए।

nawajiwan

हालैको व्यवस्थापनि अनुसार, झिग्राना सम्म गाडीको सुविधा उपलब्ध भए पनि झिग्राना देखि खप्तडसम्म १७ किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुन्छ। बझाङबाट आउने पर्यटकहरूका लागि बाटो सरल र छोटो भएकाले सो मार्ग बढी प्रचलित छ।