धनगढीमा आजदेखि सुदूरपश्चिम गौरा महोत्सव सुरु, प्रदेश प्रमुखले गर्ने उद्घाटन

Image
Nisarga Hospital

धनगढीमा आजदेखि सुदूरपश्चिम गौरा महोत्सव सुरु भएको छ। गौरा पर्वको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको महोत्सव यस वर्ष १०औँ संस्करणमा प्रवेश गरेको हो।

CP Hospital Dhangadhi

डेउडा प्रतिष्ठानको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने सुदूरपश्चिम गौरा महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरत बहादुर रावत (डोटेली कान्छा) का अनुसार महोत्सवको आज दिउँसो २ बजे सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मिँयाले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

nawajiwan
Attariya Hospital

काली–कर्णाली क्षेत्रको सांस्कृतिक पहिचानको रुपमा रहेको डेउडाको संरक्षण र प्रचारप्रसारसँगै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य महोत्सवको रहेको छ। साथै, भाषा, कला, साहित्य, संस्कृति, भेषभूषा र रहनसहनलाई जगेर्ना गर्दै युवा पुस्तालाई लोकसंस्कृतिमा उत्साहित बनाउन महोत्सव उपयोगी हुने आयोजकको भनाइ छ।

महोत्सवमा सहभागिताका लागि कुनै शुल्क नलाग्ने र सबैका लागि खुला राखिएको आयोजकले जानकारी दिएको छ।