सुदूरपश्चिममा लगानी बढाउन नेपाल चेम्बर अफ कमर्स सक्रिय, मङ्सिरमा धनगढीमा सम्मेलन

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश कृषि, ऊर्जा, पर्यटन, धर्म र संस्कृतिका दृष्टिले प्रचुर सम्भावना बोकेको भन्दै निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरिएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा आइतवार आयोजित ‘सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि लगानी प्रवर्द्धन गर्ने सन्दर्भमा निजी क्षेत्रको भूमिका’ विषयक छलफलमा यस्तो आह्वान गरिएको हो।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी मङ्सिर १ र २ गते धनगढीमा सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना हुने जानकारी दिएका छन्। उनले प्रदेशको पर्यटकीय पूर्वाधारमा निजी क्षेत्रलाई आकर्षित गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, सुदूरपश्चिममा रहेका थुप्रै पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गर्न बजेट समेत विनियोजन गरिएको उल्लेख गरे।

Attariya Hospital

मुख्यमन्त्री शाहले सम्मेलनले प्रदेशको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। उनका अनुसार प्रदेशका प्रतिनिधिमण्डल काठमाडौँमा आएर केन्द्रीय सरकार, निजी क्षेत्र तथा गैरसरकारी निकायसँग निरन्तर छलफल गरिरहेको छ।

nawajiwan

सुदूरपश्चिम प्रदेश योजना आयोगका प्रतिनिधि नृप सुनारले ऐतिहासिक महत्व, भौगोलिक अवस्थिति, पर्यटकीय सम्भावना र लगानीको वातावरणबारे प्रस्तुतीकरण गरे। सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले प्रदेशको आर्थिक तथा सामाजिक विकासका लागि देशभरका निजी क्षेत्रका व्यवसायीलाई सहभागिताका लागि आग्रह गर्दै सम्मेलनको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

Advertize US