आशा लघुवित्त दशौँ वर्षमा प्रवेश

Image
Nisarga Hospital

भरत दास/धनगढी: आशा लघुवित्त वित्तीय संस्थाले आज भदौ १५ गते आफ्नो नौं वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ। “विपन्न समुदायको लागि आशा” भन्ने मूल नारासँग वित्तीय सेवा अगाडि बढाउँदै आएको यो संस्था देशभर १३२ शाखाबाट सेवा प्रदान गर्दै आएको छ।

CP Hospital Dhangadhi

संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले शुभकामना सन्देशमार्फत संस्थाले नौं वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै, नियमकारी निकाय, सञ्चालक समिति, लगानीकर्ता, ग्राहक सदस्य, कर्मचारी र स्थानीय समुदायलाई धन्यवाद व्यक्त गरे। धनगढी शाखाले पनि आफ्ना ग्राहक सदस्यहरूको उपस्थिति तथा अत्तरिया अनुगमन अधिकृत खुम बहादुर खड्का र कर्मचारीहरूको उपस्थितिमा दशौँ वार्षिकोत्सव मनाएको छ।

Attariya Hospital

संस्थाले न्यून आय भएका तथा विपन्न वर्गका महिलाहरूलाई घरदैलोमा लघुवित्त सेवा प्रदान गर्दै आयआर्जन व्यवसाय सञ्चालनमा सहयोग गर्दै आएको छ। साथै, स्वास्थ्य सेवामा सहज पहुँचका लागि धनगढीका निशर्ग र नोभा अस्पतालमा उपचारमा १५–२०% छुटको व्यवस्था समेत गरेको छ। आशा लघुवित्तले सदस्यहरूको सामाजिक र आर्थिक स्तर वृद्धिमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

nawajiwan