दोधाराचाँदनीमा डुबान, शारदा ब्यारेजमा गाडी बन्द

Image
Nisarga Hospital

अत्तरिया: लगातारको वर्षाले कञ्चनपुरका विभिन्न क्षेत्रमा बाढी र डुबानको स्थिति सिर्जना भएको छ। जोगबुढा नदीमा पानी बढेपछि दोधाराचाँदनी नगरपालिका–८ रामपुरे टापुस्थित जर्गाटोलका २५ घर डुबानमा परेका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराका अनुसार प्रभावित बस्तीका करिब ७० जनालाई उद्धार गरी जनज्योति माध्यमिक विद्यालयमा सुरक्षित राखिएको छ। वडा नम्बर ११ का पाँच घरमा पनि पानी पसेको र प्रहरी चौकी बाबाथान तथा इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका टोली उद्धार कार्यमा जुटिरहेका छन्।

अविरल वर्षाले महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ। सोमबार बिहान बहाव १ लाख ५१ हजार क्युसेक नाघेपछि नेपाल–भारत सीमा क्षेत्रको शारदा ब्यारेज (बनबासा पुल) मा चारपांग्रे सवारीसाधनको आवागमन रोक लगाइएको डिएसपी बोहराले जानकारी दिए। उनका अनुसार हाल त्यहाँ दुईपांग्रे मात्र सञ्चालनमा छन्।

nawajiwan
Attariya Hospital

मौसमविद्हरूका अनुसार मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सरे पनि अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण नेपालमा व्यापक वर्षा भइरहेको छ। यससँगै दक्षिणी सीमामा बनेको न्यूनचापीय प्रणालीको असरले विशेष गरी सुदूरपश्चिममा वर्षा तीव्र भएको छ।

बरिष्ठ मौसमविद प्रतिभा मानन्धरका अनुसार कञ्चनपुरको दोधारामा आइतबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म २४ घण्टामा १९९.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। हाल केही कम भए पनि थप वर्षाको सम्भावना कायमै रहेको उनले बताइन्।

यसैबीच, डडेल्धुराको जोगबुढा र गाइबन्डे, कास्कीको लुम्ले तथा ताप्लेजुङको लाङटाङ र ताप्लेथोकमा अति भारी वर्षा रेकर्ड भएको छ।