सुदूरपश्चिमका पहाडी राजमार्गमा पहिरो, भीमदत्त सुचारु तर केआइसिंह अवरुद्ध

Image
Nisarga Hospital

लगातारको वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लाका मुख्य सडकमा प्रभाव परेको छ। भीमदत्त राजमार्ग गन्यापधुरा गाउँपालिका–१ भात्काडा क्षेत्रमा खसेको पहिरो सुरक्षाकर्मीले हटाएपछि पुनः सञ्चालनमा आएको छ। डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर बिष्टका अनुसार अब यात्रु तथा सवारीसाधनहरू सामान्य रूपमा आवत–जावत गर्न सक्ने अवस्थामा पुगेको छ।

CP Hospital Dhangadhi

तर, डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग भने अझै अवरुद्ध छ। गन्यापधुरास्थित रडुवा खोलामा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ। केही समयका लागि खोलिएको मार्ग पुनः बन्द भएपछि यातायात प्रभावित भएको छ।

Attariya Hospital

सुरक्षाकर्मी र स्थानीय निकायले तत्काल मार्ग खुलाउने प्रयास गरिरहेका छन्। मौसमविद्हरूका अनुसार मनसुनको न्यूनचापीय प्रणाली सक्रिय भएकाले पहाडी मार्गमा थप पहिरो खस्ने जोखिम रहेको छ।

nawajiwan