बझाङमा शिक्षकमाथि खुकुरी प्र!हार, स्वास्थ्य गम्भीर

Image
Nisarga Hospital

बझाङ: मस्टा गाउँपालिका–१ रनाडास्थित माइतिबन निम्न माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक धुर्बबहादुर रोकायामाथि आइतबार राति अज्ञात समूहले खुकुरी प्रहार गरेको छ। प्रहारबाट उनका दायाँ कानमा गम्भीर चोट लागेको छ।

CP Hospital Dhangadhi

जिल्ला अस्पताल बझाङमा प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था गम्भीर देखिएपछि उनलाई धनगढी उपचारका लागि रिफर गरिएको छ। रोकायाको घर खप्तडछान्ना–३ सिप्टिकोट हो।

Attariya Hospital

प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले प्रारम्भिक अनुसन्धानमा मदिरा सेवनका कारण शिक्षक आफैं लडेको हुन सक्ने अनुमान राखेका छन्। घाइते शिक्षकले भने अज्ञात समूहले दुई हजार रुपैयाँ माग्दा दिन नमानेपछि प्रहार भएको बताएका छन्।

nawajiwan