अफगानिस्तानमा भीषण भूकम्प: ८१२ को जनाको ज्यान गयो , हजारौँ घाइते

Image
Nisarga Hospital

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ८१२ पुगेको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्। ठूलो भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प महसुस गरिएको छ। भूकम्प विशेषगरी कुनार र नाग्गारहार प्रान्तमा केन्द्रित भएको हो। ग्रामीण क्षेत्रमा माटो र ढुंगाका अधिकांश घर भत्किँदा जनधनको ठूलो क्षति भएको छ। मोबाइल नेटवर्क अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले बताएका छन्।

CP Hospital Dhangadhi

स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलका अनुसार ३० जना डाक्टर प्रभावित क्षेत्रमा परिचालित छन् भने ८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री पठाइएको छ। उनले अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गर्दै भने, “हामीलाई सहयोग आवश्यक छ, किनकि धेरै मानिसले ज्यान गुमाए र घर भत्किएका छन्।” तर अफगानिस्तानको विदेश मन्त्रालयका अनुसार अहिलेसम्म कुनै पनि देश वा संस्थाले प्रत्यक्ष उद्धार वा राहत सहयोग प्रस्ताव गरेको छैन।

Attariya Hospital

संयुक्त राष्ट्रसंघले भूकम्पपीडितलाई सहयोग गर्ने तयारी गरेको जनाएको छ। महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सहयोगका लागि अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालय सक्रिय रहेको उल्लेख गरेका छन्। भारत, चीन, पाकिस्तान, टर्की, अजरबैजान लगायतका मुलुकले भूकम्पका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्। चीनले आवश्यकताअनुसार राहत सहयोग गर्न तयारी जनाएको छ।

nawajiwan

हिन्दुकुश पर्वत श्रृंखलामा पर्ने अफगानिस्तान भौगोलिक रूपमा विनाशकारी भूकम्पको उच्च जोखिममा रहेको देश हो। दुई वर्षअघि हेरातमा गएको भूकम्पपछि प्रभावित धेरै गाउँ अझै अस्थायी आवासमै रहेका छन्। गृहयुद्धपश्चात पुनर्निर्माणमा संघर्षरत अफगानिस्तानलाई पछिल्लो भूकम्पले फेरि गम्भीर संकटमा पारेको छ।