कैलालीमा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी, यस्तो बन्यो ओझा प्यानल र घोषणापत्र सार्वजनिक

Image
Nisarga Hospital

अत्तरिया : कैलाली उद्योग वाणिज्य संघको विर्वाचन यहि भदौ २८ गते हुँदैछ । निर्वाचन नजिकैसंगै प्यानल नै चुनावी मैदानमा उत्रिएका छन् । आईतरबार संघ पुर्व महासचिव रुपेश स्वाँरले प्यानल नै सार्वजनिक गरेको वेला अर्को प्रतिस्पर्धी उम्मेद्वार अहिलेका वरिष्ठ उपाध्यक्ष पुस्करराज ओझाले पनि सोमबार सार्वजनिक गरेका हुन । दुवै प्यानलले तामझामका साथ एकै होटलको एकै हलमा एक दिनको फरक पारेर प्यानल नै सार्वजनिक गरेका हुन् ।

CP Hospital Dhangadhi

अहिलेका अध्यक्ष पुस्पराज कुँवरले सञ्चालन गरेको होटल ओपेरामा दुवै उम्मेदवारले आ–आफ्नो प्यानल सार्वजनिक गरेका छन् । अध्यक्ष कुँवर दुवै प्यानलको घोषणा कार्यक्रममा सहभागि समेत भए । ओझाको प्यानलमा नयाँ कार्यसमितिका नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा ओम बहादुर बिष्ट उपाध्यक्ष (उद्योग) तर्फ वासुदेव भट्ट, उपाध्यक्ष एसोसिएट तर्फ मनोज अग्रवाल, उपाध्यक्ष वाणिज्य तर्फ गगनराज केसी, उपाध्यक्ष वस्तुगत तर्फ भीमराज ओझा (अबु) महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्र बहादुर कडायत र सचिवमा कृष्ण कुमारी बिष्टको उम्मेदवारी रहने भएको छ ।

सदस्यमा अजय पाण्डेय, सुरेश सापकोटा, बम बहादुर कुँवर, ध्रुबराज दाहाल, कमला भट्टराई, पदमबहादुर सिंह, प्रजापति जोशी, रेखा बास्तोला, सुरज बहादुर रैका, तर्कराज भट्ट, टेकबहादुर खड्का, अनुप भण्डारी र बिन्दु सुनारको नाम समावेश गरिएको छ ।

nawajiwan

यस्तै ओझा प्यानलले पनि सोमबार नै घोषणापत्र पनि सार्वजनिक गरेको छ । “व्यवसायीको हित, सबल नेतृत्वको जीत” नारासहित ओझा समूहले शनिबार धनगढीमा पत्रकार सम्मेलनमार्फत १५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । स्वाँर प्यानलले १८ बुँदे घोषणापत्र सार्वजनिक गरेको थियो ।

Attariya Hospital

घोषणापत्रमा उद्योग व्यवसायीलाई दुर्घटना बीमा सुविधा निःशुल्क उपलब्ध गराउने, विद्युत् तथा संकट प्रभावित व्यवसायीलाई राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने, घर, पसल तथा गुदाममा सुरक्षा प्रणाली लागू गर्ने लगायतका कार्यक्रम समावेश छन् । त्यसैगरी, उद्योग व्यवसायीलाई डिजिटलाइज गर्ने, कर प्रणाली सरलीकरणका लागि सरकारी निकायसँग सहकार्य गर्ने, व्यवसायीले भोग्नुपर्ने प्रशासनिक समस्यामा सुधार ल्याउने, पर्यटन, कृषि, औद्योगिक उत्पादनलाई प्रवद्र्धन गर्ने लगायतका योजनाहरू प्रस्तुत गरिएको छ ।

घोषणापत्रमा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै “मेडइन सुदूरपश्चिम” अभियान सञ्चालन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा “सुदूरपश्चिम एक्सपो” आयोजना गर्ने प्रतिबद्धता राखिएको छ । साथै, व्यवसायलाई आकर्षित गर्न भारत र नेपालका उद्योगी, लगानीकर्तालाई लक्षित गर्दै लगानी सम्मेलन गर्ने घोषणा पनि गरिएको छ ।

प्यानलका उम्मेदवारहरूले आफ्नो घोषणापत्र व्यवसायीको आवश्यकता र समस्यालाई सम्बोधन गर्ने खालको रहेको बताएका छन् । उनीहरूले युवालाई उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत आत्मनिर्भर बनाउन योगदान गर्ने बताएका छन् । ओझा प्यानलले व्यवसायीलाई निःशुल्क बीमा सुविधा, विद्युत् तथा संकट प्रभावित व्यवसायीका लागि राहत कार्यक्रम ल्याउने बताएको छ । घर–पसलमा सुरक्षा प्रणाली जडान गर्न तथा व्यवसायीलाई डिजिटलाइज गर्ने योजना ल्याउने ओझा प्यानलले प्रतिबद्धता सार्वजनिक गरेको छ । संघको नेतृत्वका दुई टिमले आफ्नो आधिकारिक उम्मेद्वारी सार्वजनिक गरेसंगै थप चुनावी सरगर्मी व्यवसायीमा लागेको छ ।

Advertize US