
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेस्थित विश्वनाथ महादेव मन्दिर परिसरमा गौरा पर्व विशेष मेला आजदेखि सुरु भएको छ। मेला भदौ २१ गतेसम्म चल्नेछ।


मेलाको उद्घाटन सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बमले गर्नुभयो। उहाँले उद्घाटन कार्यक्रममा बोल्दै गौरा पर्व सुदूरपश्चिमको मौलिक पहिचान भएकाले यसको जगेर्ना आवश्यक रहेको धारणा राख्नुभयो।
उद्घाटन कार्यक्रममा गौरा पर्व समितिकी संयोजक लक्ष्मी बिनाडीको अध्यक्षता तथा पूर्व सांसद कैयाँ चौधरीको विशिष्ट आतिथ्य रहेको थियो। वर्षा भइरहेका अवस्थामा समेत डेउडा गायक गणेश विष्ट र प्रेमराज पाठकले अतिथिहरूसहित मन्त्री बमलाई डेउडा खेलाएका थिए।
समितिका अनुसार मेलामा प्रत्येक दिन नामचीन कलाकारहरूको प्रस्तुति रहनेछ।
-
भदौ १७ गते : सावित्री धामी र उज्ज्वल सिंह साउँद
-
भदौ १८ गते : ममता धामी र कृष्ण धामी
-
भदौ १९ गते : टिका सानु र दीपक रिमाल
-
भदौ २० गते : पदम जोशी र तुलसी बुढा
मेला सफल बनाउन पदमा बोगटीको संयोजकत्वमा उप समिति गठन गरिएको समितिले जनाएको छ। उद्घाटन कार्यक्रममा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि र स्थानीयहरूको उपस्थितिले मेलाको रौनक थपिएको थियो।






























