महाकालीको कटानले कुतियाकवर बस्ती जोखिममा, बस्ती साघुँरिँदै सेफहाउसमा आश्रित स्थानीय

Image
Nisarga Hospital

महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर बस्ती गम्भीर जोखिममा परेको छ। पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको यस बस्तीमा लगातारको कटानका कारण दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ।

CP Hospital Dhangadhi

विसं २०२२ मा बसोबास सुरु भएको कुतियाकवरमा यसअघि १५० परिवार रहेकामा कटान र डुबानले १०० भन्दा बढी विस्थापित भएका छन्। ‘नदीले बर्सेनी खेतीयोग्य जमिन कटान गरिरहेकाले बस्ती साघुँरिँदै गएको छ,’ स्थानीयले बताएका छन्। विसं २०७८ को बाढीले घरपालुवा पशु र अन्नसमेत बगाएको पीडितहरूले सम्झिए।

Attariya Hospital

नगरप्रमुख किशोर लिम्बूका अनुसार महाकाली नदीको जोखिम न्यूनीकरणका लागि दुईवटा सेफहाउस निर्माण गरिएको छ। साथै, जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण कार्य सुरु भए पनि ढिलाइका कारण अधुरो छ। रु पाँच करोडभन्दा बढीको लागतमा आगामी चैतभित्र तटबन्ध सम्पन्न गर्ने योजना रहेको जनाइएको छ।

nawajiwan