
आज (मंगलबार) देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ भने सबै प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। राति पनि देशभर सामान्य बदली रहनेछ भने कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै क्षेत्रमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकको मानेखर्कमा ८८.८ मिलिमिटर, डडेलधुरामा ७४.६, साहूखर्कमा ७८.२, लमजुङको फलेनीमा ६१.६ र डोटीको गैह्रामा ६०.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।


















