शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि संघर्ष समितिको सरकारलाई ज्ञापनपत्र

Image
Nisarga Hospital

अत्तरिया: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयलाई शीघ्र सञ्चालनमा ल्याउन माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

CP Hospital Dhangadhi

कैलालीको गेटास्थित सो विश्वविद्यालय सुदूरपश्चिमका लाखौं जनताको साझा सपना भएको भन्दै समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत विश्वविद्यालय सभाको गठन र पदाधिकारी नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको हो।

समितिका अनुसार प्रतिनिधि सभाबाट २०८२ जेठ ४ गते सर्वसम्मत पारित र राष्ट्रपतिबाट प्रमाणिकरण भई राजपत्रमा प्रकाशित ऐन कार्यान्वयनमा आइसके पनि अझैसम्म विश्वविद्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढ्न सकेको छैन।

nawajiwan
Attariya Hospital

ज्ञापनपत्रमा गुणस्तरीय स्वास्थ्य शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा र रोजगारी सिर्जना गर्ने उद्देश्यसहित स्थापना गरिएको विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट, जनशक्ति र उपकरण तत्काल व्यवस्था गर्न माग गरिएको छ।

त्यससँगै चिकित्सा शिक्षा (एमबीबीएस) को सिट संख्या यसै आर्थिक वर्षभित्र निर्धारण गर्नुपर्ने, साथै गेटामा निर्माणाधीन ६०० शैयाको अस्पताल संरचनामा प्रारम्भिक चरणमा कम्तीमा ३०० शैयाको अस्पताल सञ्चालन गर्न सरकारलाई आग्रह गरिएको छ।

ज्ञापनपत्रमा सचिव धर्मसिंह कुँवर, सह–संयोजक आनन्द प्रसाद भट्ट र संयोजक लोकराज पाण्डेय (आगो) को हस्ताक्षर रहेको छ।

Advertize US