२७ वर्षदेखि निरन्तर सेवा दिँदै आएका सह–प्राध्यापक बुधराम चौधरी एसपीए कलेज प्रमुखमा नियुक्त

Image
Nisarga Hospital

धनगढीस्थित सुदूर पश्चिमाञ्चल क्याम्पस (एसपीए कलेज) को क्याम्पस प्रमुखमा सह–प्राध्यापक बुधराम चौधरी नियुक्त भएका छन्। मंगलबार क्याम्पस अडिटोरियम हलमा आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो।

CP Hospital Dhangadhi

त्रिभुवन विश्वविद्यालयबाट एमबिए पूरा गरेका चौधरीले वि.सं. २०५६ सालमा क्याम्पस स्थापना भएपछि लेखाशास्त्र अध्यापन सुरु गरेका थिए। यसबीच उनले ईसीए को–अर्डिनेटर, सहायक क्याम्पस प्रमुखलगायत विभिन्न जिम्मेवारी सम्हालेका छन्। साथै, उनले कक्षा ११, १२ र बीबीएस तहका लागि देशभर प्रयोग हुने लेखाशास्त्रका पाठ्यपुस्तकमा सह–लेखकको भूमिका पनि निर्वाह गरेका छन्।

लगातार २७ वर्ष एउटै संस्थामा अध्यापन र सेवामा संलग्न रहेका चौधरी सुदूरपश्चिममा लेखाशास्त्र अध्यापनका अब्बल प्राध्यापकका रूपमा चिनिन्छन्। उनको योगदानलाई कदर गर्दै सञ्चालक समितिले प्रमुखमा नियुक्त गरेको जनाएको छ।

nawajiwan
Attariya Hospital

कार्यक्रममा शुभकामना व्यक्त गर्दै क्याम्पसका प्रबन्ध निर्देशक सुवास शाहीले चौधरीलाई “आदर्श र प्रेरणादायी व्यक्तित्व” को रूपमा व्याख्या गर्दै, योग्य व्यक्तिको सही समयमा भएको नियुक्तिले क्याम्पसलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यसैगरी, नव–नियुक्त प्रमुख चौधरीले संस्थाको स्थापना कालदेखि नै निरन्तर सेवा दिँदै आएको क्याम्पसमा नेतृत्व गर्ने अवसर पाउनु गौरवको कुरा भएको बताए। उनले अघिल्ला प्रमुखले अघि सारेका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै इमानदारी र लगनशीलताका साथ टिमवर्कमा आधारित भएर क्याम्पसको समग्र उन्नयनमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।