कैलाली कारागार झडपपछि घाइते २९ कैदी अन्यत्र स्थानान्तरण, सुरक्षा कडाइ

Image
Nisarga Hospital

कैलाली कारागारमा भएको हिंसात्मक घटनापछि घाइते भएका २९ जना कैदीबन्दीलाई विभिन्न जिल्लाका कारागारमा स्थानान्तरण गरिएको छ। उपचारपछि डिस्चार्ज भएका कैदीबन्दीलाई उनीहरूको मागअनुसार अन्यत्र पठाइएको कैलाली कारागारले जनाएको छ।

CP Hospital Dhangadhi

हाल पनि १९ जना कैदीबन्दी सेती प्रादेशिक अस्पतालमा रहेका छन्। तीमध्ये १७ जना डिस्चार्ज भइसकेका भए पनि दुईजना अझै उपचाररत छन्। उपचारपछि डडेल्धुरा र कञ्चनपुर कारागारमा ६–६ जना, काठमाडौंको जगन्नाथ देवल र बाँकेको नौबस्ता कारागारमा ५–५ जना, बझाङ र डोटी कारागारमा ३–३ जना तथा नवलपरासी कारागारमा एकजना कैदीबन्दीलाई सारिएको हो।

कैलाली कारागारका तत्कालीन प्रमुख प्रकाश ढुंगानाका अनुसार अन्य चारजना कैदीबन्दीले पनि स्थानान्तरणका लागि निवेदन दिएका छन्।

nawajiwan
Attariya Hospital

गत २३ साउनको मध्यराति भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए। मृतक धनगढी–४ का भरत चौधरी रहेको कारागार स्रोतले जनाएको छ। उपचारमा रहेका कैदीलाई पुनः कारागार फर्काउँदा फेरि झडपको स्थिति आउन सक्ने आकलनसहित उनीहरूलाई अन्यत्र सारिएको हो।

घटनापछि कारागारभित्र वातावरण तनावग्रस्त बनेको थियो। कैदीबन्दीले करिब ४२ घण्टासम्म कारागार नियन्त्रणमा राख्दै ग्यास सिलिन्डर विस्फोट गराउने धम्कीसमेत दिएका थिए।

छानबिन समितिले कारागारभित्रको नेतृत्व संघर्ष नै घटनाको मुख्य कारण रहेको निष्कर्ष निकालेको छ। त्यतिबेलाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी उपरीक्षक बालनरसिंह राणाको सरुवा गरिएको छ भने कारागार प्रमुखमा हाल चिरञ्जीवी सापकोटालाई पठाइएको छ।