अछामका किशोरीको स्वर: “छाउपडी अन्त्य गर, महिला अधिकारको सम्मान गर”

Image
Nisarga Hospital

अछाम : छाउपडी कुप्रथाविरुद्ध अछामको मंगलसेनका किशोरीले मंगलबार विरोध र्‍याली निकालेका छन्। “महिला मार्न पाइँदैन, छाउपडी गोठ चाहिँदैन, महिनावारीमा बहिष्कार होइन, सम्मान देउ, कानुन कार्यान्वयन गर” जस्ता नारासहित उनीहरूले समाज र प्रशासनलाई सचेत गराएका हुन्।

CP Hospital Dhangadhi

शोडषा माध्यमिक विद्यालयका विद्यार्थीसहित विभिन्न स्थानका किशोरीहरूले र्‍यालीमा सहभागी भई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन समेत बुझाए।

गत भदौ १३ गते पञ्चदेवल बिनायक–८ मा महिनावारीका बेला त्रिपालमा बस्दै आएकी एक महिला र एक बालिकाको ढुंगा लागेर मृत्यु भएको घटनाले किशोरीहरू आक्रोशित बनेका हुन्। उनीहरूले छाउगोठमा बस्दा बलात्कारदेखि मृत्युजस्ता पीडादायी घटना भइरहे पनि राज्य निकाय मौन रहेको आरोप लगाए।

nawajiwan
Attariya Hospital

मंगलसेन–३ की १६ वर्षीया यशोदा कुँवरले भनिन्, “गाउँमा प्रत्येक घरसँगै छाउगोठ छ। एक्लैले विरोध गर्दा परिवारले पनि साथ दिँदैनन्। अब भने जनप्रतिनिधि, प्रहरी, प्रशासनले कानुन कार्यान्वयन गर्नुपर्छ, हामी पनि साथ दिन्छौँ।”

सदरमुकाम नजिकैका किशोरीहरूले समेत आफूहरूलाई छाउगोठ बस्न बाध्य गराइएको बताए। मंगलसेन–५ भाटवाडाकी ईश्वरी भाटले भनिन्, “सदरमुकामकै वडा भएर पनि छाउगोठको बिगबिगी उस्तै छ। दुई जनाको मृत्यु भए पनि कोही बोल्दैनन्। त्यसैले हामी आवाज उठाएका हौँ।”

विरोध कार्यक्रममा सहभागी किशोरीलाई प्रमुख जिल्ला अधिकारी आनन्द सारुले कानुन कार्यान्वयनमा चरणबद्धरूपमा काम भइरहेको जानकारी दिए। उनका अनुसार जिल्लाभर सुरु गरिएको छाउगोठ भत्काउने अभियानअन्तर्गत सोमबारसम्म ११३ वटा छाउगोठ भत्काइएका छन्।

Advertize US