
बझाङको सुर्मा गाउँपालिका–३ कोलपाटामा जेसिबी दुर्घटना हुँदा चालकको ज्यान गएको छ। सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाड खोलामा अवरुद्ध सडक खुलाउने क्रममा मंगलबार साँझ ८ बजे जेसिबी पल्टिँदा धनगढी उपमहानगरपालिका–३ का ३५ वर्षीय रणबहादुर नेगीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी गणेशसिंह महराले जानकारी दिए।


दुर्घटनामा सुर्मा–३ काँटैका रवी बोहरा र वडा नं. ५ का धर्मराज जेठारा घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ।






























