गोदावरीका चार वडाले सडकमै सेवा सुरु, ठेकेदारको लापरबाहीविरुद्ध दबाब

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाका चार वडाले ठेकेदारको लापरबाहीविरुद्ध सडकमै कार्यालय सञ्चालन गरेका छन्। वडा नं. ३, १०, ११ र १२ का वडाध्यक्षहरूले आजदेखि चौकीडाँडा–फल्टुडे सडक खण्डमा रहेका चाक्लेखोलामा वडाका सबै कामकाज सडकमै गरेर सेवा प्रवाह सुरु गरेका हुन्।

CP Hospital Dhangadhi

छ वर्षसम्म पनि सडक निर्माण नहुँदा स्थानीयवासीले भोग्नुपरेको सास्ती र ठेकेदारको चरम लापरबाहीप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षहरू संयुक्त रूपमा आन्दोलनमा उत्रिएका हुन्। वडाध्यक्षहरूले पटक–पटक आवाज उठाउँदा पनि बेवास्ता गरिएकाले अन्ततः सडकमै कार्यालय सञ्चालन गरेर दबाब दिन बाध्य भएको जनाएका छन्।

oplus_0

Attariya Hospital

वडा नं. १० का अध्यक्ष रविन्द्र शाहीका अनुसार चौकीडाँडा–फल्टुडे सडक निर्माणको जिम्मा पाएका एडभान्जर थिमिम जेमी र तेडी निर्माण सेवाले लगातार ढिलासुस्ती गर्दै अटेरी देखाएका कारण यस्तो कदम चालिएको हो। उनले “पटक–पटक पहल गर्दा पनि काम अघि बढ्न नसकेपछि बाध्य भएर सडकमै सेवा सुरु गरिएको” बताए।

nawajiwan

स्थानीय बासिन्दाले पनि लामो समयसम्म सडक नबन्दा आवतजावतमा कठिनाइ भोग्नुपरेको भन्दै वडाध्यक्षहरूको दबाबमूलक कदमलाई समर्थन गरेका छन्। उनीहरूले अब ठेकेदारले छिट्टै काम अघि बढाउनुपर्नेमा जोड दिएका छन्।