गोदावरी नगरपालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक र पोषण परियोजना दोस्रो वर्षको परिचयात्मक कार्यक्रम

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा नगरपालिका स्तरिय पोषण सुधार र खाद्य सुरक्षा सुनिश्चित गर्न दोस्रो वर्षको पोषण परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

कार्यक्रममा नगर उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीसहित केयर नेपालका अशोक रावल, आडिई संस्थाका प्रतिनिधि दामोदर भट्ट, याक नेपाल निर्देशक डबल बम , कार्यक्रम संयोजक जगत प्रसाद उपाध्याय लगायत अन्य कर्मचारी तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।

oplus_0
nawajiwan

कार्यक्रममा संघ संस्थाका प्रतिनिधिहरूले विगतमा नगरपालिकामा सञ्चालन भएका पोषण सुधारका क्रियाकलाप र आगामी वर्षमा कार्यान्वयन गरिने योजनाहरूको प्रस्तुतिकरण देखाएका थिए। यस अन्तर्गत कुपोषण न्यूनीकरण, सिमान्तकृत बस्ती, महिला र बालबालिकालाई पोषण युक्त आहार उपलब्ध गराउने गतिविधिहरू समेटिएका थिए। वडा नं. ९, ११ र १२ लाई लक्षित गरी स्थानीय स्वास्थ्य केन्द्रमार्फत कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ।

oplus_0

नगर उपप्रमुख रोकायाले सबै वडामा पोषण सचेतना फैलाउने र दातृसंस्था तथा स्थानीय तहसँग मिलेर सबैलाई पोषण युक्त खाना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

Attariya Hospital

स्वास्थ्य शाखा प्रमुख अवस्थीले स्वास्थ्यकर्मी र जनप्रतिनिधिको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

oplus_0

विगतमा नगरपालिकामा २५ आमा समूहलाई तालिम, परामर्श, किसान कार्ड वितरण, पोषण बगैंचा स्थापना र समुदायिक क्रियाकलाप मार्फत पोषण सुधारका कदम चालिएका छन्। यस वर्ष पनि खाद्य विविधिकरण, स्वास्थ्य प्रणाली सुदृढीकरण, पोषण व्यवहारमा सुधार, सरसफाइ र सुरक्षित खानेपानी व्यवस्थापन, र महिलाको घरायसी निर्णय प्रक्रियामा सहभागिता बढाउने लक्ष्य राखिएको छ। त्यसै गरी आगामी दिनमा यस पालिकामा रहेका महिला हरुलाई कृषिमा आधारित रहेर उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने समेत परियोजनाले जनाएको छ ।

oplus_0

कार्यक्रमले स्थानीय तहमा पोषण र खाद्य सुरक्षासम्बन्धी नीति र योजना प्रभावकारी, दीगो र समावेशी बनाउने विश्वास व्यक्त गरिएको छ।