सुदूरपश्चिम स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नेतृत्व विवाद, प्रमुख बन्न नवौँ तहका खड्काको दौडधुप

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको नेतृत्वलाई लिएर विवाद चुलिएको छ। आठौँ तहको अस्थायी दरबन्दीमा सञ्चालन हुँदै आएको केन्द्रमा हालै नवौँ तहमा बढुवा भएका हेमराज खड्का प्रमुख बन्न राजनीतिक पहुँचका लागि सक्रिय भएको चर्चा छ।

CP Hospital Dhangadhi

२०७८ साल फागुन ११ गते तत्कालीन सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कञ्चनपुरमा कार्यालयको उद्घाटन गरेका थिए। तर चार वर्ष नपुग्दै केन्द्रलाई धनगढी उपमहानगरपालिका–५ मा सारिएको हो। हालसम्म अस्थायी कार्यालयकै रूपमा सञ्चालन हुँदै आएको यस केन्द्रको वार्षिक नवीकरण प्रक्रिया यसपटक पूरा भएको छैन।

Attariya Hospital

स्थापनाकै समयमा स्वास्थ्य शिक्षा अधिकृतका रूपमा हेमराज खड्कालाई प्रमुखको जिम्मेवारी दिइएको थियो। त्यसयता उनले निरन्तर नेतृत्व सम्हाल्दै आएका छन्। तर यस वर्ष नवीकरणमा ढिलाइ भएसँगै नेतृत्वबारे फेरि विवाद सुरु भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी जगदिश जोशीका अनुसार, केन्द्रलाई हाललाई अस्थायी कार्यालयकै रूपमा सञ्चालन गर्ने र प्रमुख आठौँ तहकै रहने व्यवस्था कायम छ।

nawajiwan

तर, हाल नवौँ तहमा बढुवा भएका खड्का भने सोही कार्यालयमा दोहोरो जिम्मेवारी लिने उद्देश्यले सक्रिय छन्। उनले राजनीतिक पहुँचमार्फत निरन्तर पद सम्हाल्दै आएको र बजेट वितरणलाई व्यक्तिगत लाभमा प्रयोग गरेको आरोप पनि लाग्दै आएको छ। यसरी दरबन्दी बढाएर व्यक्तिगत स्वार्थ बलियो बनाइँदै गएको सरोकारवालाहरूको टिप्पणी छ।