
रमेश बहादुर सिंह/ बझाङः बझाङमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमितिले आफ्नो स्थापना दिवस (भदौ १९) विशेष सहयोग कार्यक्रमसहित मनाएको छ।

कार्यक्रम अन्तर्गत दुर्गाथली गाउँपालिका–१ स्थित मदन भण्डारी बाल आश्रममा आश्रित २० जना बालबालिकालाई खाद्यान्न र स्टेशनरी सामग्री वितरण गरिएको हो।


सो अवसरमा युनियन पदाधिकारीहरूले बालबालिकाको शैक्षिक प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
युनियनका अनुसार, स्थापना दिवस मात्र नभई अन्य सामाजिक उत्तरदायित्वका अवसरमा पनि बालबालिकाको शैक्षिक तथा आधारभूत आवश्यकतामा सहयोग गर्ने योजना अघि सारिएको छ। कार्यक्रममा दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापा लगायत स्थानीयको उपस्थिति रहेको जनाइएको छ।






















