सरकारको निर्णयपछि फेसबुकसहित २६ सामाजिक सञ्जाल नेपालमा बन्द, भाईबर तिर आकर्षण बढ्दै

Image
Nisarga Hospital

सरकारले नेपालमा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिंक्डइनसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै देशभर तरङ्ग उत्पन्न भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरी सूचीकरणमा नआएका सञ्जाल तत्काल ब्लक गर्न निर्देशन दिएको हो।

CP Hospital Dhangadhi

सर्वोच्च अदालतको आदेशअनुसार सरकारले भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले ७ दिनभित्र सूचीकरण गर्न सार्वजनिक सूचना जारी गरेको थियो। तर तोकिएको म्यादभित्र धेरै सामाजिक सञ्जालले दर्ता नगरेपछि सरकारले प्रतिबन्धको कदम चालेको हो। मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार, अब नेपालमा टिकटक, भाइबर, निम्बुज, विटक र पोपोलाइभ मात्रै चल्ने छन्।

फेसबुक बन्द हुने चर्चा फैलिएसँगै भाइबरमा प्रयोगकर्ताको आकर्षण बढेको देखिएको छ भने टिकटक पहिलेभन्दा अझ बढी चर्चामा आएको छ।

nawajiwan
Attariya Hospital

तर सरकारको यो निर्णयप्रति असन्तुष्टि पनि तीव्र बनेको छ। नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन हुने भन्दै आपत्ति जनाएको छ। यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले समयमा वातावरण बनाउन नसकेकाले समस्या उत्पन्न भएको बताए।

उनले दर्ता नगरेको भन्दै सञ्जाल बन्द गर्नु आपत्तिजनक भएको र माओवादी केन्द्रले यसको विरोध गर्ने घोषणा गरेका छन्।