मेटा कम्पनीले माग्यो नेपालमा दर्ताका लागि आवश्यक कागजात

Image
Nisarga Hospital

फेसबुक सञ्चालक संस्था मेटाले नेपाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ।

CP Hospital Dhangadhi

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत् आवश्यक कागजातबारे जानकारी सोधेका थिए। ‘पौने ५ बजे इमेल आएको थियो, हामीले ५ मिनेटभित्रै आवश्यक विवरण उपलब्ध गरायौँ,’ ठाकुरले जानकारी दिए।

Attariya Hospital

सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरू क्रमश: बन्द गर्ने निर्णय गर्दै नेपाल दूरसञ्चार प्राधिकरणमार्फत् इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा सञ्जाल बन्द गर्न पत्राचार गरिसकेको छ। यस निर्णयपछि सामाजिक सञ्जाल क्षेत्र अहिले तरंगित बनेको छ।

nawajiwan
Advertize US