कञ्चनपुरमा पावर टिलर अनुदानमा दिनै भन्दै सुरो नेपालद्वारा ठगी : तीन करोडभन्दा बढी रकम संकलन

Image
Nisarga Hospital

कञ्चनपुरः ठगीको उजुरीपछि कञ्चनपुर प्रहरीले सुरो नेपालकी अध्यक्ष सुशीला खड्का ओझा र सुनिता चौधरीलाई पक्राउ गरेको छ। जिल्लामा हालसम्म १ हजारभन्दा बढी किसानको करिब ३ करोड ५१ लाख रुपैयाँ ठगी भएको खुलेको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तीन वटा सहकारी, एक वडा कार्यालय र तीन व्यक्तिगत उजुरीको आधारमा छानबिन गरेको थियो। नौ जनाविरुद्ध ६ वटा उजुरी जिल्ला अदालत कञ्चनपुरमा दर्ता भएका छन्।

कृषकहरूले पावर टिलर र पानी मोटर अनुदान पाउने आशामा रकम बुझाएका थिए। दोदा सहकारीमार्फत् २ सय बढी किसानको १ करोड २५ लाखभन्दा बढी रकम ठगी भएको छ। अन्य क्षेत्रका वडा कार्यालय र राजनीतिक व्यक्तिहरू मार्फत् पनि ठगी भएको प्रमाण भेटिएको छ।

nawajiwan
Attariya Hospital

प्रहरीले ठगी मुद्दा दर्ता गर्दै खड्का र चौधरीलाई पुर्पक्षका लागि कारागार पठाएको छ। तर, अन्य सञ्चालक समिति सदस्य, वितरण समिति सदस्य र कर्मचारी अझै फरार छन्। हालै मात्र रचना खड्का र सविना बुढा ऐर अदालतमा हाजिर भएका छन्।

जिल्ला अदालतले ठगी रकमको असुलीका लागि मुद्दा दर्ता गरेको भएपनि रकममा लाग्ने व्याजबारे अहिलेसम्म फैसला भएको छैन।

Advertize US