सामाजिक सञ्जाल बन्दसँगै इन्टरनेट गुणस्तर खस्कने चेतावनी, भिपिएन प्रयोग बढ्ने अनुमान

Image
Nisarga Hospital

सरकारले फेसबुक, युट्युबलगायतका दर्ता नभएका सामाजिक सञ्जाल नेपालमा बन्द गर्ने निर्णय गरेपछि इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको गुणस्तर खस्कने चेतावनी दिएका छन्।

CP Hospital Dhangadhi

सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सूचीकरणको अन्तिम समयसीमा समाप्त भएपछि यी प्लेटफर्म बन्द गर्ने निर्णय गरेको हो। अब प्रयोगकर्ताले भिपिएनमार्फत सामाजिक सञ्जाल प्रयोग गर्ने भएकाले इन्टरनेट क्षमतामा दबाब पर्न सक्ने सेवाप्रदायकहरूको भनाइ छ।

भायनेटका प्रबन्ध निर्देशक विनय बोहोराका अनुसार, पहिले फेसबुक र युट्युबजस्ता सामग्री नेपालमै राखिएको सर्भरबाट सजिलै उपलब्ध हुँदै आएको थियो। तर डिएसएन ब्लक भएपछि प्रयोगकर्ताले भिपिएन प्रयोग गर्दा ट्राफिक सिंगापुर वा भारतमार्फत आउनुपर्ने हुँदा क्षमतामा अतिरिक्त बोझ पर्छ।

nawajiwan
Attariya Hospital

इन्टरनेट सेवाप्रदायक संघ (इस्पान) का अध्यक्ष सुधीर पराजुलीले यसलाई ‘सय मिलिमिटरको पाइपबाट अस्वाभाविक रूपमा धेरै पानी पठाउन खोजेजस्तो’ भन्दै चेतावनी दिएका छन्। उनका अनुसार अहिले प्रदायकहरूले सामान्यतया १००–२०० एमबिपिएस क्षमतामा सेवा दिइरहेका छन्, तर भिपिएन प्रयोग बढेपछि ब्यान्डविथ विस्तार अनिवार्य हुन्छ, जसका लागि ठूलो लगानी आवश्यक पर्छ।

यसअघि टिकटक प्रतिबन्ध गर्दा पनि यस्तै समस्या देखिएको थियो। तर अहिले एकैपटक धेरै सामाजिक सञ्जाल बन्द हुँदा स्थिति अझ जटिल हुने सेवाप्रदायकहरूको भनाइ छ। साथै, असुरक्षित भिपिएन प्रयोग बढेमा साइबर सुरक्षा जोखिम र व्यक्तिगत डेटा चोरी हुने खतरा पनि बढ्ने चेतावनी दिइएको छ।

Advertize US